जीतपुर–सिमरामा गठबन्धन र कलैयामा एमालेको अग्रता कायमै

कलैया । बाराको दुई उपमहानगरपालिकामध्ये जीतपुर–सिमरामा गठबन्धन उम्मेदवारको सुरुआती अग्रता कायम रहँदै आएको छ । कलैया उपमहानगरमा भने नेकपा (एमाले)को अग्रता कायमै छ ।
जीतपुर–सिमरामा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का नगर प्रमुखमा राजन पौडेलले ३ हजार ७०१, उपप्रमुखमा गठबन्धनकै नेपाली काँग्रेसको मेघा शाहीले ३ हजार ५२२ मत प्राप्त गर्नुभएको छ ।
यस्तै एमालेको नगर प्रमुखमा सरस्वती चौधरीले २ हजार २७६ मत तथा उपप्रमुखमा एमालेकै भोला अधिकारीको २ हजार ४२० मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपमहानगरको प्रमुखमा लोसपाका सञ्जय साह एक हजार २६८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै प्रमुख राप्रपाका माधवप्रसाद त्रिपाठीले १३३, राप्रपाकै उपप्रमुखमा सुष्मा मिश्र १५५ मत ल्याउनुभएको हो ।
त्यसैगरी कलैया उपमहानगरमा एमालेका विनोद साहले प्रमुखमा एक हजार २९५, उप्रप्रमुखमा एमालकै रौसन प्रवीणले एक हजार १८ तथा गठबन्धनबाट कांग्रेसबाट प्रमुखमा राजेश राययादवले ७१७, गठबन्धनकै जसपाबाट उपप्रमुखमा प्रमोद गुप्ताले ७४० मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै लोसपाबाट प्रमुखका उम्मेदवार जयप्रकाश साहले ४२ तथा उपप्रमुखमा नासरिन नाजले ५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्