तपाईँ सुन्दै हुनुहुन्छः

लोमान्थाङमा एमाले विजयी

मुस्ताङ । मुस्ताङको लोमान्थाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा एमालेका टसीनर्बु गुरुङले ६६८ र उपाध्यक्षमा एमालेकै छ्युमी विष्टले ६२२ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गुरुङका निकटतम प्रतिस्पर्धी काँग्रेसका टसी गुरुङले ५१४ र उपाध्यक्षमा विष्टकी प्रतिस्पर्धी छिरिङ ढोका गुरुङले ५२९ मत पाउनुभएको निर्वाचन अधिकृत घनश्याम सुवेदीले बताउनुभयो ।

एमालेले लोमान्थाङसहित लोघेकर दामोदर कुण्ड र वारागुङ मुक्ति क्षेत्र तथा काँग्रेसले घरपझोङ गाउँपालिकामा जीत हासिल गरेका छन् ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button