तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा आज १२ बजेदेखि सवारी साधन चलाउन नपाइने

तनहुँ । तनहुँमा आज राती १२ः०० बजेदेखि सवारी साधन चलाउन नपाइने भएको छ । 

निर्वाचन आयोगको निर्णायानुसार आज राती १२ बजेदेखि ३० गते मतदान कार्य सम्पन्न नभएसम्मका लागि सवारी साधन सञ्चालन पूर्ण रुपमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । 

वैशाख ३० गतेका दिन हुने स्थानीय तह सदस्य निर्वाचनको मतदानको दिनमा सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड बमोजिम सवारी अनुमति प्राप्त सवारी साधन, कूटनीतिक निकायका सवारी साधन र अत्यावश्यक सेवामा प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सवारी साधनहरू निजी÷सार्वजनिकलाई रोक लगाइएको हो । 

उक्त सूचनाको उल्लङ्घन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । 

यसअघि ३० गते बिहान ५ बजेदेखि भनिएकोमा उक्त सूचना संशोधन गरिएको प्रजिअ अर्यालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button