तपाईँ सुन्दै हुनुहुन्छः

निर्धक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्क भएर मतदान गर्न मतदाताहरूलाई आग्रह गर्नुभएको छ ।

file photo

मौन अवधिमा आचारसंहिता विपरीत कार्य भए/नभएको सूक्ष्म रुपमा अनुगमन हुने बताउनुहुँदै प्रमुख आयुक्त थपलियाले कसैको डर, धम्की र प्रलोभनमा नपरी निर्धक्क भएर मतदान गर्न मतदाताहरूलाई आग्रह गर्नुभएको हो ।

स्थानीय भन्दा केन्द्रिय तहका उम्मेदवारबाट बढी आचारसंहिताको उल्लङ्घन भएको बताउनुहुँदै प्रमुख आयुक्त थपलियाले आज राति १२ बजेबाट लागु हुने ४८ घण्टाको मौन अवधिमा सामाजिक सञ्जालका कुनै पनि स्थानमा निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित सामग्री नराख्न आग्रह गर्नुभएको छ ।

यस अवधिमा मतदाताले परिचय पत्र लिने, मतदान शिक्षा लिने लगायतका कार्य भने गर्न सकिने प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।

निर्वाचन आयोगले यस अघि २ सय ५ वटा विभिन्न आचारसंहिता विपरीत कार्य भएकाले ५३ वटा दललाई स्पष्टीकरण सोधिएको र प्राप्त जवाफमाथि आवश्यक छानबिन चलिरहेको जनाएको छ ।

यो निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता छन् भने ५५ हजार ६ सय ९८ जना महिला र ८९ हजार ३ सय १३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत जम्मा १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

यस निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारीहरू निर्विरोध निर्वाचित भई सकेका छन् भने ६ वडा अध्यक्ष सहित ३५ जना स्वतन्त्र सदस्यहरु समेत निर्विरोध निर्वाचित भएका आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button