तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउने सरकारको दायित्व हो : गृहमन्त्री खाण

File Photo

गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व सरकारको हो भन्नुभएको छ ।

सप्तरीको राजविराजमा नेपाली काँग्रेसका कार्यकर्तासँगको भेटघाटमा आज उहाँले स्थानीय तह निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढङ्गबाट सम्पन्न गराउन सुरक्षा निकायलाई निर्देशन पनि दिनुभयो । गृहमन्त्री खाणले लोकतन्त्रलाई मजबुत बनाउनका लागि आगामी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मैत्रीपूर्ण रूपमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह पनि गर्नुभयो । 

निर्वाचन सम्पन्न भएपछि देशले परिवर्तनको गति लिने भन्दै नेपाली कांग्रेस लोकतन्त्रको रक्षा गर्ने पार्टी भएको बताउनुभयो । गृहमन्त्री खाणले मुलुकमा लोकतन्त्रको सुदृढीकरणका लागि काँग्रेसलाई मत दिन आग्रह पनि गर्नुभयो । 
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य दिनेशकुमार यादवले आगामी निर्वाचनमा समग्र नागरिकका एजेण्डालाई समेटेर अघि बढेकोले निर्वाचनपछि मुलुकको सबैभन्दा ठूलो दल बन्ने जिकिर गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button