तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा कोरोना बढेपछि सिमानामा स्वास्थ्य जाँचमा कडाइ, एन्टिजेन परीक्षणमा तीव्रता 

जनकपुरधाम । भारतमा कोरोनाको संक्रमण बढ्न थालेपछि नेपाल भारतको सिमानामा विशेष स्वास्थ्य सतर्कता अपनाइएको छ । 

खास गरेर रोजगारी वा अन्य कारणले भारत गएका तथा नेपालको भ्रमणमा आउने भारतीय पर्यटकको स्वास्थ्य परीक्षणमा कडाइ गरिएको छ । भारतबाट आउने १ सय ७० जनाको एन्टीजेन परीक्षण गर्ने काम भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । 

अहिले नेपालमा कोरोनाको संक्रमण शून्यमा झरेपछि भारतबाट भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढ्न थालेपछि स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । नेपाल भारतको वीरगञ्ज नाकामा १ सय ३४ जना, रौतहटको गौर नाकामा २० जना, सिरहाको माडर नाकामा १ जना तथा महोत्तरीको भिठामोड नाकामा १५ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको मधेस प्रदेशका स्वास्थ्य  निर्देशक विजय कुमार झाले जानकारी दिनु भयो । 

मधेस प्रदेशका प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा कोरोनाको परीक्षण पूर्ण रुपमा निःशुल्क रहेको छ । खास गरेर भारतबाट नेपाल आउनेहरूको स्वास्थ्य परीक्षण गर्दा ज्वरो जस्तो समस्या भएको खण्डमा सिमानामा नै  एन्टिजेन परीक्षण गर्ने गरिएको छ । 

मधेस प्रदेशको महोत्तरीको भिठामोड सिरहाको सिरहा माडर, रौतहटको गौर तथा पर्सा जिल्लाको वीरगंञ्ज नाकामा रहेको स्वास्थ्य हेल्पडेक्स मार्फत कोरोनाको परीक्षण गर्ने गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button