तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेश कोरोना सङ्क्रमणमुक्त 

जनकपुरधाम । मधेस प्रदेश कोरोना सङ्क्रमणमुक्त भएको छ । मधेस  प्रदेशको कुनै जिल्लामा कोरोनाका सक्रिय संक्रमित नभएको मधेस प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले जानकारी दिनु भएको छ । 

धनुषा जिल्लाको होम आइसोलेसनमा भएका १ जना सङ्क्रमणमुक्त भएपछि प्रदेश नै कोरोना सङ्क्रमणमुक्त भएको स्वास्थ्य निर्देशक झाले जानकारी दिनु भयो । अहिले मधेस प्रदेशको ८ जिल्ला मध्ये कुनै पनि जिल्लाको संस्थागत तथा होम आइसोलेसनमा कोरोनाका कुनै सक्रिय संक्रमित रहेको छैन । 

कोरोना सङ्क्रमणमुक्त प्रदेश भएपनि सजगता अहिले पनि अपनाउनका लागि सर्वसाधारणमा निर्देशनालयले आग्रह गरेको छ । हिजो मात्र धनुषा २५ जनाको पिसिआर परीक्षण गर्दा कसैमा पनि कोरोनाका संक्रमण नभएको निर्देशनालयले जानकारी दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button