असिना पानीबाट अन्नबालीमा क्षति
रोल्पा । असिना पानी तथा हावाहुरीले रोल्पाका विभिन्न स्थानमा खाद्यान्न बालीमा नोक्सानी पुर्याएको छ ।

घर भित्र्याउने अवस्थाका खाद्यान्न बाली क्षति भएपछि किसानहरू मर्कामा परेका छन् ।
यस पटक हिउँदमा राम्रोसँग परेको पानीका कारण बाली सप्रिए पनि भित्र्याउने बेला क्षति भएपछि किसानहरू दुखी भएका छन् ।
गहुँ ,जौ लगायत अन्य दलहन केराउ, चना, मुसुरो साथै तरकारीहरू फुलगोपी, बन्दाकोपी, सिमी, बोडी, करेला, टमाटर त्यसैगरी फलफूल जातका सुन्तला, कागती, अमिलो, मौसम र पलम लगायत फुल खेल्दै तथा फल लाग्दै गरेका बालीमा क्षति पुगेको हो ।








प्रतिक्रिया राख्नुहोस्