कञ्चनपुरमा स्थानीय तह निर्वाचनको तयारीले तीव्र

कञ्चनपुर । कञ्चनपुरमा स्थानीय तह निर्वाचनको तयारीले तीव्रता पाएको छ ।
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले निर्वाचनको लागि आवश्यक सामाग्री व्यवस्थापन कार्य तीव्र रुपमा सुरु गरेको छ ।

जिल्लाका ९ वटा पालिकाहरूका ३४१ मतदान केन्द्रहरूको लागि आवश्यक निर्वाचन सामग्री व्यवस्थापन कार्य सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुर का प्रमुख उदय राज जोशीले बताउनुभएको छ ।
जिल्लामा निर्वाचन आयोगबाट प्राप्त निर्वाचन सामाग्रीहरूको व्यवस्थापन गर्न कर्मचारी काजमा झिकाएर कार्य सञ्चालन गरिएको छ ।









प्रतिक्रिया राख्नुहोस्