तपाईँ सुन्दै हुनुहुन्छः

हावाहुरीले विद्यालयको छाना उडाउँदा ५ लाख बराबरको क्षति 

सल्यान । सल्यानमा गए राती आएको हावाहुरीले विद्यालयको छाना उडाउँदा झन्डै ५ लाख बराबरको क्षति भएको छ । 

जिल्लाको दार्मा गाउँपालिका २ भुवनटाकुरीस्थित बालकल्याण माध्यमिक विद्यालयको छाना हावाहुरीले उडाएको हो । 

दुई गोठे भवनको छाना हावाहुरीले उडाएको विद्यालयका प्रधानाध्यापक कवि कुमार चन्दले जानकारी दिनुभयो ।

 हावाहुरीले विद्यालयको छानासँगै, सोलारपाता, ५ वटा कम्प्युटर, १ प्रिन्टरमा क्षति पुर्‍याएको उहाँले बताउनुभयो । कम्प्युटर ल्याब रहेको भवनको छाना उडाउँदा बढी क्षति भएको उहाँले जानकारी दिनुभयो 

हावाहुरीले कम्प्युटरमा क्षति पुर्‍याएपछि नयाँ शैक्षिक सत्रमा कम्प्युटर शिक्षा पढाउन समस्या आउने उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button