कुटपिटबाट एक जनाको मृत्यु
बर्दिया । सामान्य विवादका कारण कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
बढैयाताल गाउँपालिका वडा नबर ८ स्याउलीबजारका ४७ वर्षीय बल बहादुर कँडेलको कुटपिटबाट बुधवार ज्यान गएको हो ।
सामान्य विवादका कारण छिमेकी ४० वर्षीय मिन बहादुर घर्तीले बुधवार कुटपिट गरेका थिए ।
विवाद हुँदा घर्तीले कँडेललाई धकेल्दा आँगनमा राखिएको ढुङ्गामा टाउको ठोकिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । झगडामा लडेर गम्भीर घाइते भएका कँडेलको बर्दिया अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगंज लगिएको थियो । उपचारको लागि नेपालगंज नर्सिङ होममा पुर्याएपनि चिकित्सकले उहाँलाई मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताउनु भयो ।
कुटपिट गर्ने घर्तीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको सापकोटाले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्