मोटरसाइकललाई बसले ठक्कर दिँदा एक जनाको मृत्यु
सुनसरी । सुनसरीको हरीनगर गाउँपालिका–४ नुनिया टोलस्थित हुलाकी राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को२३प ६६६७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को१ख ५३१४ नम्बरको बसले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ४९ वर्षीय प्रदीप साह घाइते भएका थिए ।
घाइते भएका साहलाई उपचारको लागि नोबेल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस र चालक विराटनगर–१ का ३३ वर्षीय मोहमद रेम अन्सारीलाई इलाका प्रहरी कार्यालय हरिनगरले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्