तपाईँ सुन्दै हुनुहुन्छः

बागी उम्मेदवारी फिर्ता लिन आग्रह

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिले सत्तारुढ पाँच दलीय गठबन्धनको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराउनेलाई फिर्ता लिन निर्देशन जारी गरेको छ ।  

प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आज विज्ञप्ति जारी गर्दै सत्ता साझेदार दलका उम्मेदवारविरुद्ध दर्ता उम्मेदवारी फिर्ता गर्न आग्रह गर्नुभएको हो ।

उहाँले संविधान भत्काउने, सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक समावेशी व्यवस्थालाई कमजोर बनाउने शक्तिविरुद्ध वर्तमान सत्ता साझेदार दल बनेको चर्चा गर्दै स्वतन्त्र रूपमा दर्ता भएका उम्मेदवारी फिर्ता लिएर गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउन अपिल गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button