ट्रिपर, बस र कार आपसमा ठोक्किँदा दुई दर्जन बढी घाइते
चितवन । चितवनमा ट्रिपर, बस र कार आपसमा ठक्कर खाँदा दुई दर्जन बढी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज अपराह्न ३ बजे भरतपुर महानगरपालिका–२९, नारायणगढ मुस्लिन सडक खण्डको भतेरी जङ्गलमा नारायणगढबाट मुस्लिनतर्फ आइरहेको ना ७ ख २३०० नम्बरको ट्रिपर, पोखराबाट नारायणगढतर्फ आइरहेको ग १ ख ९३०३ नम्बरको यात्रुवाहक बस र BAa\ 0684 नम्बरको कार ठक्कर खाँदा बस र कारमा सवार यात्रुहरू घाइते भएका हुन् ।
घाइतेहरूको उपचारको लागि भरतपुरका विभिन्न अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । घाइतेहरूको अवस्था मध्यम र सामान्य रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्