तपाईँ सुन्दै हुनुहुन्छः

एमाले अध्यक्ष ओलीको अभिव्यक्ति खेदजनक: कांग्रेस प्रवक्ता महत

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता तथा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाश शरण महतले नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले हालै दिनुभएको अभिव्यक्ति खेदजनक भएको बताउनुभएको छ ।

file photo

नेपाली कांग्रेस सांस्कृतिक समन्वय प्रचार–प्रसार उपसमितिद्वारा आज केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले देशमा निर्वाचन आचारसंहिता लागू भैसकेको भए पनि नेकपा एमालेका अध्यक्षको मुखबाट नेपाली काँग्रेसले सार्वजनिक गरेको घोषणापत्रप्रति निकै तल्लो स्तरको अभिव्यक्ति दिनुभएकोप्रति आपत्ति जनाउनुभयो ।

केन्द्रीय निर्वाचन प्रचार–प्रसार समितिका संयोजक डा.महतले एमालेले आचार संहिताको धज्जी उडाएको र त्यसप्रति सम्बन्धित निकायले ध्यानाकर्षण गर्न नसकेको बताउनुभयो ।

नेकपा एमालेका अध्यक्ष ओलीले हिजो राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली काँग्रेसको सङ्कल्प पत्रलाई बकवास भनेर तुच्छ टिप्पणी गर्नुभएको थियो ।

नेपाली काँग्रेसका प्रवक्ता तथा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा. महतले आफ्नो पार्टीले शालीनतापूर्वक निर्वाचन अभियान सञ्चालन गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button