तपाईँ सुन्दै हुनुहुन्छः

डडेलधुराका कान्छा उम्मेदवार परशुराम नगर प्रमुखमा र अमरगढी प्रमुखमा महिला उम्मेदवार 

डडेलधुरा । डडेलधुराका सात वटा स्थानीय तहहरू मध्ये परशुराम नगरपालिका प्रमुखमा नेपाली काँग्रेसबाट सबैभन्दा कान्छा उम्मेदवारका रुपमा भरत जोशीले उम्मेदवारी दिएका छन् । 

२७ वर्षको उमेरमै काँग्रेसको नगर सभापति निर्वाचित भएका जोशीले सर्वसम्मत रुपमा नगर प्रमुखमा उम्मेदवारी दिएपछि जित्ने आकलन गरिएको छ । 

यसैगरी उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रबाट शेरसिंह माल डायमण्ड र नेकपा एमालेबाट केशव बोहराले उम्मेदवारी दिएका छन् ।  

यसैगरी अमरगढी नगरपालिकामा नेकपा एकिकृत समाजवादीले निवर्तमान नगर उपप्रमुख सगिता भण्डारीलाई नगर प्रमुखको उम्मेदवार बनाएको छ  ।  

सात वटा स्थानीय तह रहेको डडेलधुरामा महिला प्रमुखमा उम्मेदवारी दिएको भण्डारीले नै हुन । उनका प्रतिस्पर्धी काँग्रेसबाट डिल्लीराज जोशी र नेकपा एमाले र बिपी समाजवादीको गठबन्धनबाट संयुक्त उम्मेदवार हरिप्रसाद भट्ट रहनु भएको छ ।  

महिलालाई प्रमुखमा निर्वाचित गराइएमा नमुना नगरपालिका बनाउने उद्घोष समेत नगर प्रमुखको प्रबल दाबेदार भण्डारीले गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button