केन्द्रिय तथ्याङ्क विभाग र रेडियो नेपालबीच सम्झौता

काठमाडौँ । केन्द्रिय तथ्याङ्क विभाग र रेडियो नेपालबीच रेडियो नेपालबाट राष्ट्रिय कृषि गणना सम्बन्धी जनचेतनामूलक सूचना सन्देश प्रसारण गर्ने सम्झौता भएको छ।
सम्झौता अनुसार रेडियो नेपालले वैशाख ६ गते देखि जेठ १९ गतेसम्म हुने राष्ट्रिय कृषि तथा पशु गणना सम्बन्धी गीति तथा सूचनामूलक सन्देश प्रसारण गर्ने छ।
सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी र केन्द्रिय तथ्याङ्क विभागका निर्देशक डा. महेश कुमार सुवेदीले हस्ताक्षर गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्