तपाईँ सुन्दै हुनुहुन्छः

खेलाडी कल्याणकारी कोषद्वारा उपचारका लागि सहयोग प्रदान

काठमाडौँ । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले विभिन्न खेलका खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

कोषले मङ्गलवार ६ जना खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको हो । आर्थिक सहयोग पाउनेमा भलिबल खेलाडी रिया कुँवर, आइटीएफ तेक्वान्दोका दिपक गौतम, कराँतेकी कोपिला विष्ट, ब्याडमिन्टनकी सीमा राजवंशी, कराँतेका विष्णु नेपाली र एथलेटिक्सका जित बहादुर केसी छन् ।

घुँडाको चोटको उपचार गराइरहेकी रियालाई ६३ हजार ९२९ रुपैयाँ, सोल्जर चोट बोकेका दीपकलाई ८७ हजार ९१४ रुपैयाँ र घुँडाको चोट बोकेकी कोपिलालाई ७५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको हो । यस्तै घुँडाकै चोट बोकेकी सीमालाई ८० हजार रुपैयाँ, पक्षघात भएका विष्णुलाई १ लाख २५ हजार र हातको चोट बोकेका जित बहादुरलाई १ लाख २५ हजार सहयोग प्रदान गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button