तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरका ९ वटै पालीकामा २ हजार २ सय ८४ जनाको उम्मेदवारी

कञ्चनपुर । वैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि कञ्चनपुरका ९ वटै पालीकामा विभिन्न पदका लागि २ हजार २ सय ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लाका ९ वटै पालिकामध्ये सबै भन्दा बढी भिमदत्त नगरपालिकामा १४ जना, वेदकोट नगरपालिकामा ११, दोधारा चाँदनी र शुक्लाफाँटामा ८–८, कृष्णपुर र पुर्नवास नगरपालिकामा ७–७ जनाले नगर प्रमुखमा र लालझाडी र बेल्डाडी गाउँपालिका अध्यक्षमा ६–६ गरी जम्मा ७३ जनाले उम्मेदवारी दिएका छन् ।

त्यसै गरी उप प्रमुखमा सबै भन्दा बढी भीमदत्त नगरपालिकामा ११ जना र सबै भन्दा कम लालझाडी गाउँपालिकामा ४ जना गरी जम्मा ५६ जनाले उपप्रमुख र उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

वडाध्यक्षमा ६०४ जना, महिला सदस्यमा ३९१ जना, दलित महिला सदस्यमा ३५७ र खुला सदस्यमा ८०३ जना गरी कुल २ हजार २ सय ८४ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button