धनुषामा सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु

जनकपुरधाम । धनुषा जिल्लामा सवारी दुर्घटना परेर तीन जनाको मृत्यु भएको छ ।
सोमबार राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नंं ५ सिन्धुलीटोलमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका वडा नंं ४ का वर्ष १९ को सुमित टिण्डेवाल रहे पनि अन्य दुई जनाको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
सडक छेउमा रोकिएको ना २ ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल पछाडिबाट ठोकिदा उक्त दुर्घटना भएको प्रहरी प्रवक्ताले जानकारी दिनुभयो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका ३ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएकोमा सबै जनाको मृत्यु भएका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्