तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुरमा १२ जनाको प्रमुख र ११ जनाको उप–प्रमुख पदमा उम्मेदवारी दर्ता 

टीकापुर, कैलाली । कैलालीको टीकापुर नगरपालिकामा १२ जनाले प्रमुख र ११ जनाले उप–प्रमुख पदमा उम्मेदवारी दर्ता गरेका छन् । प्रमुख पदमा ९ जना राजनीतिक दलबाट र ३ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेका निर्वाचन कार्यालय टीकापुरले जनाएको छ । 

यस्तै उप–प्रमुखमा ९ जनाले दलबाट र २ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । टीकापुरमा १० ओटा राजनीतिक दलले आफ्ना उम्मेदवारहरू उठको छ भने अन्य स्वतन्त्र व्यक्तिले पनि उम्मेदवारी दर्ता गरेका छन् । 

नेकपा एमालेले नगर प्रमुखमा श्याम खत्री र उप–प्रमुखमा उपमा केसी, नेपाली काँग्रेसबाट नगर प्रमुखमा नवराज रावल, नेकपा माओवादी केन्द्रबाट प्रमुखमा आशा कुमारी चौधरी र उप–प्रमुखमा खडकबहादुर शाह, नागरिक उन्मुक्ति पार्टीबाट प्रमुखमा रामलाल डगौरा थारु र उप–प्रमुखमा उल्कादेवि विश्वकर्माको उम्मेदवारी दर्ता भएको छ । 

यस्तै नेपाली कांग्रेस बिपीबाट उप–प्रमुखमा मिनादेवी साउँद, जनता समाजवादी पार्टीबाट प्रमुखमा धरमबहादुर घर्तिमगर र उप–प्रमुखमा पिंकी विक, राप्रपाबाट प्रमुखमा गोविन्द रिमाल र उप–प्रमुखमा सरस्वती बोहरा, नेपाल लोकतान्त्रिक पार्टीबाट प्रमुखमा प्रेम बहादुर चौधरी र उप–प्रमुखमा पार्वती चौधरी, सङ्घीय लोकतान्त्रिक मञ्चबाट प्रमुखमा गोपाल कर्मी र उप–प्रमुखमा सुनिता विक, मौलिक जरोकिलो पार्टी नेपालबाट प्रमुखमा राजकुमार विष्ट र उप–प्रमुखमा हीरादेवी थारुको उम्मेदवारी दर्ता भएको छ । 

स्वतन्त्रबाट प्रमुखमा ललित थापा, लोकबहादुर बुढा क्षेत्री र विष्णु प्रसाद ढुङ्गानाको उम्मेदवारी परेको छ भने उप–प्रमुखमा प्रकाश खड्का र मायादेवी जोशीको उम्मेदवारी परेको निर्वाचन अधिकृत पुष्कर खड्काले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button