तपाईँ सुन्दै हुनुहुन्छः

इन्द्रसरोवर गाउँपालिकामा दुई जना वडा सदस्यमा निर्विरोध

मकवानपुर । यही वैशाख ३० गते हुने स्थानीय तहको  निर्वाचनका लागि इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमालेका दुई जना वडा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । मकवानपुर जिल्लास्थित उक्त गाउँपालिकामा  दलित महिलातर्फ दुई जना वडा सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । 

एमालेबाट दलित महिला सदस्य पदमा  मनोनयन दर्ता गराउनुभएकी  उक्त गाउँपालिका–१ की लक्ष्मी दमाईं,  र सोही गाउँपालिका वडा नं ४  की सावित्रा सुनार निर्विरोध निर्वाचित हुनुभएको भएको बताइएको छ ।ती वडामा अन्य कसैको पनि उम्मेदवारी  नपरेकाले उहाँहरू निर्विरोध  निर्वाचित हुनुभएको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button