तपाईँ सुन्दै हुनुहुन्छः

तालमेल गर्न सत्ता गठबन्धन सफल: माओवादी केन्द्र

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा तालमेल गर्न सत्ता गठबन्धन सफल भएको जनाएको छ ।

पार्टी कार्यालय पेरिस डाँडामा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्ण बहादुर महराले चुनावी तालमेलमा गठबन्धन एक हदसम्म सफल भएको बताउनुभयो ।

प्रवक्ता महराले मतदानको अघिल्लो दिनसम्म पनि एक अर्कालाई सहयोग गरेर जान सकिने बताउनुभयो ।

प्रवक्ता महराले पार्टीले केन्द्रबाट यसअघि नै अपिल जारी गरिसकेको जानकारी गराउनुहुँदै स्थानीय तहलाई नै आफ्नो विशेषतासहितको घोषणापत्र जारी गर्न भनिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button