राष्ट्रपति भण्डारीद्वारा फ्रान्सका राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्सका नवनिर्वाचित राष्ट्रपति एम्यानुयल माक्रोनलाई बधाई दिँदै उहाँको दोस्रो कार्यकाल सफलताको कामना गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले आज ट्विटमार्फत बधाई तथा शुभकामना दिनुभएको हो । उहाँले माक्रोनको कार्यकालमा नेपाल र फ्रान्सको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ । “आगामी दिनमा नेपाल–फ्रान्स सम्बन्ध र सहयोगको क्षेत्र थप प्रगाढ र व्यापक हुँदै जानेछ भन्ने मेरो विश्वास छ’’, विज्ञप्तिमा भनिएको छ ।
फ्रान्सका राष्ट्रपति माक्रोन राष्ट्रपतिमा पुनः निर्वाचित हुनुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्