तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्वका लागि विभिन्न व्यक्तिको उम्मेदवारी

जनकपुरधाम । नेपाली काँग्रेस, जनकपुरधाम उपमहानगरपालिकाको सभापति पदबाट राजीनामा दिनुभएका मनोज कुमार साहले नगरप्रमुखमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।

जनकपुरधाम उपमहानगरपालिका गठबन्धन दल मध्येको जनता समाजवादी पार्टीको हिस्सामा परेपछि साहले आफ्ना सहयोगीसहित उम्मेदवारी दर्ता गराउनुभएको हो ।

यसैगरी गठबन्धनका तर्फबाट वर्तमान नगर प्रमुख लालकिशोर साहले उम्मेदवारी दर्ता गराउनुभएको छ । उपमेयर पदका लागि गठबन्धन दलका तर्फबाट किशोर साहले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नेकपा एमालेका तर्फबाट नगरप्रमुखमा शिवशङ्कर साह हिरा तथा उपप्रमुखमा रुना झाले उम्मेदवारी दर्ता गराउनुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका तर्फबाट नगरप्रमुखमा मनोज चौधरी, उपप्रमुखमा वर्तमान उपप्रमुख रिता कुमारी मिश्रले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

स्वतन्त्र उम्मेदवारमा बलराम महतोले पनि निक्कै तामझाम सहित उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button