तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पाका १० वटा स्थानीय तहमा माओवादी केन्द्रले उम्मेदवारी दर्ता गर्‍यो 

रोल्पा । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागी नेकपा माओवादी केन्द्रको तर्फबाट जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिका सहित ९ वटा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य पदमा उम्मेदवारले नेता कार्यकर्ता र बाजागाजा सहित नारा जुलुस गर्दै उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

रोल्पा नगरपालिकाको नगर प्रमुखमा सुरेन्द्र थापा घर्तीले र उपप्रमुखमा गीता आचार्यले उम्मेदवारी दिएर मनोनयन दर्ता गराउनु भएको छ । 

त्यसैगरी सुनछहरी गाउँपालिका अध्यक्षमा धन बहादुर पुन र उपाध्यक्षमा ननकला घर्ती,  थबाङ गाउँपालिका अध्यक्षमा ऋषिकेशव बुढामगर, उपाध्यक्षमा सर्मिला बुढा, परिवर्तन गाउँपालिका अध्यक्षमा शुकबहादुर बुढामगर, उपाध्यक्षमा कलादेवी खत्रेनी, माडी गाउँपालिका अध्यक्षमा अमरसिंह घर्ती मगर, उपाध्यक्ष जयपुरी घर्तीले पनि मनोनयन दर्ता गराउनु भएको छ । 

साथै सुनिलस्मृति गाउँपालिका अध्यक्षमा मनिराम बुढाथोकी, उपाध्यक्षमा कुमारी थापा, त्रिवेणी गाउँपालिका अध्यक्षमा रेशम पुन, उपाध्यमा भागीसरा खत्री, रुन्टीगढी गाउँपालिका अध्यक्षमा गोविन्द पुनमगर, उपाध्यक्षमा कौसिला जिसी घर्ती क्षेत्रीनी, गंगादेव गाउँपालिका अध्यक्षमा वीर बहादुर खत्री र लुङ्ग्री गाउँपालिका अध्यक्षमा भरत थापाले उम्मेदवारी दर्ता गराउनु भए सङ्गै माओवादी केन्द्र रोल्पाले सबै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको जनाएको छ । 

यसअघि रोल्पा नगरपालिका नेकपा माओवादी केन्द्रले जितेको थियो ।

उम्मेदवारी दर्ता गराएपछि घर्तीले चुनाव जिते आफ्नो ध्यान अब मानव संसाधन, कृषि र जनस्तर सुधारमा ध्यान केन्द्रित गर्ने बताए । उनले भने “अहिलेसम्म भौतिक पूर्वाधारमा धेरै ध्यान गयो,अब मानव संसाधन मेरो प्राथमिकतामा रहने छ त्यसै गरी कृषि र अन्य कामहरूमा जोड दिने छु ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button