तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा महानगरपालिकामा गठबन्धन र नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता

पाँच दलीय गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदमा धनराज आचार्य

पोखरा । पोखरा महानगरपालिकामा नेपाली कांग्रेस सहितका पाँच दलीय गठबन्धनका तर्फबाट महानगरपालिकाको प्रमुख पदमा धनराज आचार्य र उपप्रमुख पदमा कोपिला रानाभाटले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

त्यस्तै नेकपा एमालेका तर्फबाट प्रमुख पदमा कृष्ण थापा र उपप्रमुख पदमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गर्नुभएको छ । पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा सहिदचोकस्थित निर्वाचन अधिकृतको कार्यालयमा उहाँहरूले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

उम्मेदवारी दर्ताका क्रममा पत्रकारसँगको कुराकानीमा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार आचार्यले निर्वाचित भएसँगै पोखराको समुन्नति र आम पोखरेलीको अपेक्षा अनुरूप काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार थापाले निर्वाचित भएसँगै पोखरेलीको चाहना अनुरूप समृद्धि र विकासका लागि निरन्तर लाग्ने बताउनुभयो ।

प्रमुख दल सहित अन्य राजनीतिक दल एवम् स्वतन्त्र उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराइरहनुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button