तपाईँ सुन्दै हुनुहुन्छः

माओवादीले बर्दिबास र गौशाला नगरपालिकामा खड्का र लामालाई उम्मेदवार बनायो

बर्दिबास । नेकपा माओवादी केन्द्रले बर्दिबास र गौशाला नगरपालिकामा उम्मेदवारको टुङ्गो लगाएको छ । 

बर्दिबास नगरपालिकामा माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजु खड्काले टिकट पाउनु भएको छ भने गौशाला नगरपालिकामा विष्णु लामाले टिकट पाएको मधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले बताउनुभएको छ । 

बर्दिबासमा माओवादी केन्द्रबाट राजु खडका, प्रकाश पोखरेल, विदुर कार्की, राजन ढुङ्गाना, शङ्कर महतो, रुद्र सुस्लिङ्गले दाबी गर्नुभएको थियो भने गौशालामा विष्णु लामा, विजय साह, शिवनाथ महतोले दाबी गर्नुभएको थियो ।

यता, गौशाला नगरपालिकाका निवर्तमान मेयर शिवना महतोले आजै राजीनामा दिर्दै पार्टीले आफूलाई टिकट दिए पुन नगर प्रमुखमा लडेर जनताको अधुरो काम पुरा गर्ने बताउनु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button