तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली कांग्रेस कञ्चनपुरले ९ वटै स्थानीय तहका उम्मेदवारको टुङ्गो लगायो

कञ्चनपुर  । नेपाली कांग्रेस कञ्चनपुरले ९ वटै स्थानीय तहका मेयर उपमेयरको उम्मेदवार टुङ्गो लगाएको छ । 

कांग्रेस स्रोतका अनुसार भीमदत्त नगरपालिकाको मेयरमा पदम बोगटी र उपमेयरमा निलम लेखकलाई उम्मेदवार बनाउने भएको छ । दोधारा चाँदनीको मेयरमा गोपालदत्त भट्ट र उपमेयरमा गङ्गा जोशी बेदकोटको मेयरमा भोजराज बोहरा र उपमेयरमा तुलसी जोशीलाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी पुनर्वासको मेयरमा तोयानाथ शर्मा र उपमेयरमा भुलिया राना बेलौरी नगरपालिकाको मेयरमा हरेन्द्र विष्ट (होसियार) र उपमेयरमा खिना भण्डारी ,शुक्लाफाँटाको मेयरमा चिन्तामणि भट्ट, उपमेयरमा कल्पना पन्त, कृष्णपुरको मेयरमा हेमराज ओझा, उपमेयरमा द्रोपदी रानालाई उम्मेदवार बनाएको छ । 

लालझाडी गाउँपालिकाको अध्यक्षमा श्रीकृष्ण राना उपाध्यक्षमा राधा राना र बेलडाँडी गाउँपालिकाको अध्यक्षमा हरिशचन्द्र राना र उपाध्यक्षमा शान्ति नाथलाई  उम्मेदवार बनाएको छ । “प्रमुख उपप्रमुखको टुङ्गो लागिसक्यो वडा अध्यक्षको उम्मेदवार कसलाई बनाउने विषयमा छलफल भइरहेको छ ।” काँग्रेसका एक नेताले भने–“उम्मेदवार टुङ्गो लगाएर साँझ ४/५ बजेतिर उम्मेदवारी दर्ता गर्ने तयारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button