तपाईँ सुन्दै हुनुहुन्छः

बस र कार ठोक्किँदा ५ जनाको मृत्यु

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुँगे खोलामा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु भएको छ ।

file photo

काठमाडौँबाट धादिङतर्फ आउँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिँदा कारमा सवार ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

दुर्घटनामा कारका चालक तनहुँको खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारतको उत्तर प्रदेशका ४० वर्षीय विमलचन्द्र अग्रवाल, ३५ वर्षीय साधना अग्रवाल, ४० वर्षीय सन्ध्या अग्रवाल र ५५ वर्षीय राकेश अग्रवालको मृत्यु भएको हो ।

चालक दिलबहादुर र विमलचन्द्रको टिचिङ अस्पताल र अन्यको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । बसमा सवार धादिङ नीलकण्ठ नगरपालिका–११ का २४ वर्षीय घाइते राम परियारको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ ।

मृत्यु भएकाहरू चार जना एउटै गाउँका रहेको प्रहरीले जनाएको छ । ट्याक्सीलाई ओभर ट्याक गरेको कार ओरालोमा तीव्र गतिमा आएको बससँग ठोक्किएको हो ।

घुम्नका लागि गत वैशाख ७ गते नेपाल आएका उनीहरू आइतबार पोखराबाट काठमाडौँ फर्कँदै थिए । उनीहरूको साथबाट सोमबार दिल्ली फर्कने टिकट समेत फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button