तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर महानगर प्रमुखमा ११ जनाको मनोनयन

चितवन । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकाको प्रमुखमा ११ जनाको उम्मेदवारी परेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६ राजनैतिक दल र पाँच स्वतन्त्र उम्मेदवारले महानगर प्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन् । उपप्रमुखमा तीन जनाको उम्मेदवारी परेको छ ।

कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलका अनुसार आज नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवाल, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी) बाट सूर्यप्रसाद रेग्मी, राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ, मङ्गोल नेशनल अर्गनाइजेसनबाट टेकबहादुर पुनमगर, मौलिक जिरो किलो पार्टीबाट विनोदकुमार गिरी र उन्नत लोकतन्त्र पार्टीबाट दीपेन्द्र बास्तोलाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै स्वतन्त्रतर्फ रामकृष्ण ओझा, हरिश्चन्द्र घिमिरे, मोहित पाण्डे, यामकान्त शर्मा कँडेल र रुद्रप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button