धरान उपमहानगरका उपमेयर भण्डारीद्वारा राजीनामा

सुनसरी । नेकपा एमालेबाट धरान उपमहानगरपालिकाको मेयरमा टिकट पाएपछि उपमेयर मञ्जु भण्डारीले पदबाट राजीनामा दिनु भएको छ ।
उहाँले मेयर तिलक राईलाई राजीनामा पत्र बुझाउनु भएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा उनलाई एमालेले मेयरमा उठाउने निर्णय हिजो शनिबार गरेको थियो ।
निर्वाचनमा उम्मेदवारी दिन पदबाट राजीनामा दिनुपर्ने भएपछि उहाँले राजीनामा दिनुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्