निर्वाचन अधिकृतका कार्यालयहरू सुनसान

सल्यान । आइतबार सल्यानका सबै निर्वाचन अधिकृतका कार्यालय सुनसान भएका छन् ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको लागि मिति तोकेको थियो । तर पहिलो दिन जिल्लाका प्रमुख राजनीतिक दल मनोनयन दर्ता गर्न गएनन् । माओवादी केन्द्रले दार्मा गाउँपालिकामा मात्र मनोनयन दर्ता गराएको छ ।
सत्ता गठबन्धनमा रहेका दलहरू माओवादी, नेपाली कांग्रेस र एकीकृत समाजवादीमा भागबण्डा मिल्न सकेको छैन भने र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि पहिलो दिन कुनै पनि पालिकामा उम्मेदवारी दर्ता गराएको छैन
सत्ता गठबन्धनले भोलि (सोमबार) मात्र उम्मेदवारी दर्ता गराउने भएका छन् ।
गठबन्धनभन्दा बाहिर रहेको राप्रपाले मात्र शारदा नगरपालिकामा मनोनयन दर्ता गराएको छ ।
पहिलो दिन स्वतन्त्र उम्मेदवारले मात्र उम्मेदवारी दिएका छन् । विप्लव नेतृत्वको नेकपाले छत्रेश्वरी गाउँपालिको अध्यक्ष पदमा लोकपाल केसी र उपाध्यक्षमा हिरा बुढाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै बागचौर नगरपालिकाको मेयरमा स्वतन्त्रबाट चित्रबहादुर डाँगीको स्वतन्त्र उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्