तपाईँ सुन्दै हुनुहुन्छः

डडेलधुराका अधिकांश जनप्रतिनिधिहरू राजीनामा दिँदै चुनाव  लड्ने तयारीमा 

डडेलधुरा । डडेलधुराका अधिकांश जनप्रतिनिधि धमाधम पदबाट राजीनामा गरिरहेका छन् । चुनाव लड्ने भन्दै राजीनामा दिइरहेका हुन । 

राजीनामा दिनेहरूमा नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्ट, उपाध्यक्ष डम्बरी ओली रहेका छन् । अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट (विकास)ले राजीनामा दिँदै नेकपा माओवादी केन्द्रबाट सर्वसम्मत उम्मेदवार चयन भएका छन् । 

यसैगरी आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङ र उपाध्यक्ष ज्वाला देवी बोगटी रहेका छन् । गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नबलसिह मल्ल र उपाध्यक्ष कमला देवी ठगुन्नाले समेत राजीनामा दिँदै फेरी उम्मेदवारी दिने चर्चा छ । 

डडेलधुराका सात वटा स्थानीय तह मध्ये परशुराम नगरपालिका र अमरगढी नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउँद र विश्वेश्वर प्रसाद ओझा भने चुनाव लड्ने मुडमा नरहेको बताइएको छ । उहाँहरूले अहिले सम्म राजीनामा दिनुभएको छैन । डडेलधुरामा नत गठबन्धनका बिचमा सहमति हुन सकिरहेको छ नत प्रतिपक्ष दल नेकपा एमालेमा उम्मेदवारीको टुङ्गो लाग्न सकेको छैन । 

उम्मेदवारीको टुङ्गो लाग्न नसकेपछि आज वडाहरूमा उम्मेदवारी दर्ता गरिए पनि पालिका वा नगरपालिका प्रमुखमा भने कसैले दर्ता गराएको छैन । उम्मेदवारी दर्ताका लागी आज र भोलिको समय दिएपछि भोलि दर्ता गर्ने मनसायमा दलहरू रहेको बताइएको छ । 

जिल्लाका अधिकांश वडा जनप्रतिनिधिहरूले धमाधम राजीनामा गरेर कोही दोहोरिँदै छन् भने कोही पालिका वा नगर प्रमुखमा उम्मेदवारी दिने चर्चा चलिरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button