थप १३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । देशभरि आज १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४ हजार २ सय ५५ नमुना परिक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २५ जना सङ्क्रमणमुक्त भएका छन् ।
कोरोना सङ्क्रमणको दर लगातार घटेपछि सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ६९ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्