पोखरामा ४ स्वतन्त्र उम्मेदवारहरूद्वारा मेयरमा उम्मेदवारी दर्ता
कास्की । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि कास्कीमा उम्मेदवारको मनोनयन पत्र दर्ता सुरु भएको छ ।

पोखरा महानगरपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गराउन सुरु गरेको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकृत रुद्र न्यौपानेले बताउनुभयो ।
विभिन्न स्वतन्त्र उम्मेदवारहरूले आज पोखरा महानगरपालिकाको मेयरका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । अटेरी अभियानका परिकल्पनाकार गणेश पौडेलले पोखरा महानगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराउनुभयो ।
पोखरा महानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसबाट बागी उम्मेदवारी परेको छ । गठबन्धनको विरोध गर्दै काँग्रेसको पोखरा–१४ का क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।
पोखरा ३० का रामराज अधिकारीले पनि स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
आज ४ जनाले मेयरमा उम्मेदवारी दर्ता गराउनुभएको न्यौपानेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्