कैलालीमा मनोनयन दर्ता सुरु, धनगढीको मेयरमा गोपाल हमालको उम्मेदवारी दर्ता
धनगढी । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि कैलालीमा उम्मेदवारको मनोनयन पत्र दर्ता सुरु भएको छ ।
धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गराउन सुरु गरेको सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले बताउनुभयो ।
उहाँले धनगढी उपमहानगरपालिकाको मेयर पदका लागि गोपाल हमालले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको जानकारी दिनुभयो ।
कैलालीमा धनगढी उपमहानगरपालिका सहित १३ वटा स्थानीय तह रहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज (आइतबार) र भोलि (सोमबार) वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्य तालिका रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्