काभ्रेमा गठबन्धनलाई भागबण्डा लगाउन सकस
काभ्रेपलाञ्चोक । काभ्रेमा स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता गर्ने दिन नजिक आइपुग्दा पनि सत्ता गठबन्धनका दलहरूले उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् ।
जिल्लामा भएको गठबन्धन दलहरूको १३ वटा पालिकामा कसलाई कुन स्थान भन्ने अझै पनि टुङ्गो लागेको छैन । निर्वाचन कार्यालयले १२ गते समय दिएता पनि गठबन्धनले अझै पनि उम्मेदवारको टुङ्गो लगाउन नसकेको हो । सत्ता गठबन्धनका दलहरूले उम्मेदवार टुङ्गो लगाउन नसेके पछि प्रदेशस्थित संयन्त्रलाई जिम्मा दिने निर्णय गरिएको थियो ।
तर मनोनयन दर्ता गर्ने दिन नजिक आइपुग्दा पनि सत्ता गठबन्धनका दलहरूले भागबण्डा लगाउन सकेको छैन । भाग बण्डा नभए ‘एक्ला–एक्लै’ लड्नुपर्ने देखिएको छ । गठबन्धनका दलहरूले १३ वटै पालिकाहरूमा कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी केन्द्र, जनता समाजवादी पार्टीले आ–आफ्नो पार्टीका तर्फबाट प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका उम्मेदवार आफ्नो संयन्त्रमा सिफारिस गरी सकेको छ ।
सत्ता गठबन्धनमा कुरा नमिलेपछि माओवादी केन्द्रले भने एमालेसँग छलफल गरेको छ । आफूहरूले मागेको सिट नपाए पछि छलफल गरेको माओवादी केन्द्र काभ्रेले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्