तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमाले काभ्रेले टुङ्गायो उम्मेदवार

काभ्रेपलाञ्चोक । नेकपा एमाले काभ्रेले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । 

जिल्लाको १३ वटा स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार टुङ्गाएको हो । 

एमालेले निरन्तर छलफल गरेर जिल्लाको १३ स्थानीय तहमध्ये ६ नगरपालिका र ७ गाउँपालिकाका लागि प्रमुख र उपप्रमुखको नाम टुङ्गाएको नेकपा एमाले जिल्ला सचिव राजन भुर्तेलले जानकारी दिनुभयो । 

एमाले काभ्रेले बनेपा नगरपालिकाको प्रमुखमा रत्नकुश रञ्जितकार र उपप्रमुखमा विमला सापकोटा, धुलिखेल नगरपालिकाको प्रमुखमा अशोक व्याञ्जु र उपप्रमुखमा लालतारा अधिकारी, पनौती नगरपालिकाको प्रमुखमा भीम न्यौपाने र उपप्रमुखमा गीता बञ्जारा, नमोबुद्ध नगरपालिकाको प्रमुखमा राजन भुर्तेल र उपप्रमुखमा सम्झना लामा, मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा विदुर सापकोटा र उपप्रमुखमा सरिता ढकाल, पाँचखाल नगरपालिकाको प्रमुखमा कञ्चन अधिकारी र उपप्रमुखमा सूर्यमाया दनुवारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यसैगरी एमालेले भुम्लु गाउँपालिकाको अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा कल्पना श्रेष्ठ, चौरीदेउराली गाउँपालिकाको अध्यक्षमा जितराम लामा र उपाध्यक्षमा बबिता खरेल, बेथानचोक गाउँपालिकाको अध्यक्षमा कमल तिमिल्सना र उपाध्यक्षमा सरला लामिछाने, रोशी गाउँपालिकाको अध्यक्षमा देव सागर लामा र उपाध्यक्षमा बबिता बोहरा, तेमाल गाउँपालिकाको अध्यक्षमा इन्द्र तामाङ र उपाध्यक्षमा सम्तेन लामा, खानीखोला गाउँपालिकाको अध्यक्षमा डम्बर तिमल्सिना र उपाध्यक्षमा रुकमणि गुरुङ र महाभारत गाउँपालिकाको अध्यक्षमा पूर्णबहादुर वाइबा र शान्ति तितुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

उम्मेदवार टुङ्गो लागे पनि १३ वटै स्थानीय तहमा १२ गते सोमबार मात्र उम्मेदवारी दर्ता गर्ने एमालेले तयारी गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button