तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा  गठबन्धन बीच सिट बाँडफाँड, समाजवादीले केही पाएन 

  बझाङ ।  स्थानीयतहको निर्वाचनका लागि बझाङ जिल्लामा तीन दलको गठबन्धन हुने भएको छ । १२ पालीका रहेको यस जिल्लामा ७ पालीका नेपाली काँग्रेस ३ पालीका नेकपा समाजवादी र २ पालीका नेकपा माओवादी बीच भागबन्डा गर्ने सहमति भएको हो ।

 जिल्लाका ९४ वडा मध्य ५२ वडा नेपाली काँग्रेसको भागमा, २१ वडा नेकपा समाजवादी र २१ वडा नेकपा माओवादीको भागमा राखेर जिल्लाको सबै तहमा सहमति भएको नेपाली काँग्रेसका प्रवक्ता रमानन्द जोशीले जानकारी दिनुभयो ।   दुई नगरपालिका रहेको यस जिल्लामा दुबैमा नेपाली काँग्रेसको प्रमुख र उपप्रमुखमा जयपृथ्वीमा माओवादीलाई र बुगल नगरपालीकामा समाजवादीलाई दिइएको हो ।     

 यसैगरी साईपाल र सुर्मा गाउँ पालीकामा अध्यक्ष र उपाध्यक्षमा  पदमा काँग्रेसको नै भाग परेको छ । तल्कोट गाँउपालीकामा अध्यक्ष समाजवादीको र उपाध्यक्ष काँग्रेसको भाग परेको छ । मष्टामा अध्यक्ष काँग्रेसको र उपाध्यक्ष माओवादीको भागमा छ । खप्तड छान्नामा  अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादीको  भाग  छ । छविसपाथीभेरा गापामा अध्यक्ष माओवादी र उपाध्यक्ष समाजवादी लाई दिएको छ । 

दुर्गाथली गाँउपालीकामा अध्यक्ष माओवादी र उपाध्यक्षमा काँग्रेसलाई दिएको छ बताइएको छ ।       थलारा गापामा अध्यक्ष समाजवादी र उपाध्यक्ष काँग्रेसलाई दिएको छ । केदारस्युँ गाँउपालीकामा पनि अध्यक्ष समाजवादी र उपाध्यक्ष काँग्रेसको भागमा छ । वित्थडचिरमा अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादीलाई दिएईको छ ।   जनता समाज पार्टीले चार वडा आफूलाई दिनु पर्ने माग राखेपनि  गठबन्धनका प्रमुख तीन दलले कुनैपनि वडा नदिएपछि असन्तुष्ट छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button