पूर्व सांसद आचार्यको ७४ वर्षको उमेरमा निधन

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्व सांसद विष्णुराज आचार्यको आज ७४ वर्षको उमेरमा निधन भएको छ ।
पूर्व सांसद आचार्यको उपचारको क्रममा काठमाडौँमा निधन भएको हो ।
नेता आचार्य २०४८ र २०५१ सालको निर्वाचनमा कपिलवस्तु क्षेत्र नं ३ बाट सांसद पदमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित हुनुभएको थियो ।
यसैबीच, नेपाली कांग्रेस कपिलवस्तुले आज एक शोक विज्ञप्ति जारी गर्दै आचार्यको निधनले कपिलवस्तु काँग्रेसलाई अपूरणीय क्षति भएको जनाएको छ ।
नेपाली कांग्रेस कपिलवस्तुका सभापति अब्दुल कलामले एक शोक विज्ञप्ति जारी गर्नुहुँदै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दै एक असल सादगी नेता गुमाउनु परेकोमा दुःख व्यक्त गर्नुभएको छ ।
उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको कपिलवस्तु समाजले जनाएको छ ।
पूर्व सांसद आचार्यका ३ छोरी र श्रीमती हुनुहुन्छ ।







प्रतिक्रिया राख्नुहोस्