तपाईँ सुन्दै हुनुहुन्छः

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक जेनेभा प्रस्थान

फाइल तस्बिर

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले नेपालको तीन दिने भ्रमण पूरा गरी आज जेनेभातर्फ प्रस्थान गर्नुभएको छ ।

उहाँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणमा हुनुहुन्थ्यो । 

महानिर्देशकका साथ  डब्ल्युएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू पनि आजै जेनेभा प्रस्थान गर्नुभयो । 

भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्र मन्त्री डा.नारायण खड्का र मन्त्री खतिवडासँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुभएको थियो । 

महानिर्देशक नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूले बिदाइ गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button