जिल्ला फुटबल सङ्घ सप्तरीको अध्यक्षमा परियार चयन
सप्तरी । जिल्ला फुटबल सङ्घ सप्तरीको अध्यक्षमा राजकुमार परियार चयन हुनुभएको छ ।

सङ्घको सप्तकोसी नगरपालिका फत्तेपुरमा सम्पन्न सातौँ जिल्ला अधिवेशनले परियारको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
सप्तरी जिल्लामा रहेर लामो समय फुटबल प्रशिक्षक रुपमा काम गरी रिटायर हुनुभएका परियारलाई अधिवेशनले सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षहरूमा अमर बहादुर भुजेल, विजय कुमार चौधरी, सुदिप चौधरी चयन हुनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्