जिल्ला फुटबल सङ्घ बाराको अध्यक्षमा लामा चयन
बारा । जिल्ला फुटबल सङ्घ बाराको अध्यक्षमा रामचन्द्र लामा चयन भएका छन् ।
सङ्घको कलैयामा सम्पन्न छैटौँ अधिवेशनले लामाको नेतृत्वमा १८ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मातहत रहेको जिल्ला फुटबल सङ्घमा लामाको नेतृत्वमा गठित समितिको वरिष्ठ उपाध्यक्षमा राजकिशोर धामी चयन भएका छन् भने उपाध्यक्षको जिम्मेवारीमा खुसी चौधरी र घनश्याम चौधरीलाई चयन गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्