थप १८ जनामा कोरोना संक्रमण
काठमाडौँ । कोरोना भाइरसबाट आज नेपालमा थप १८ जना संक्रमित भएका छन् ।

आज २ हजार १ सय ३३ नमूनाको पिसिआर तथा १ हजार ५ सय १८ नमूनाको एन्टिजेन परीक्षण गरिएको र दुवै परीक्षणमा ९/९ जना गरी थप १८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी थप २५ जना सङ्क्रमणमुक्त भएका छन् भने निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा आज २ सय ८२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्