तिनाउ गाउँपालिकाका जनप्रतिनिधि श्रेष्ठद्वारा राजीनामा

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकाका प्रवक्ता एवं वडा नं. २ का अध्यक्ष राजेश श्रेष्ठले पदबाट राजीनामा दिनुभएको छ । श्रेष्ठले आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिनका लागि गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती समक्ष राजीनामा दिनुभएको हो ।
सर्वोच्च अदालतले बहालवाला जनप्रतिनिधिले उम्मेदवारी दिन नपाउने फैसला गरेको हुँदा पदबाट राजीनामा दिएको श्रेष्ठले बताउनुभयो । यसैबीच श्रेष्ठको राजीनामा समेत स्वीकृत भएको छ । गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले राजीनामा स्वीकृत गर्दै निर्वाचनमा उम्मेदवारी दिनका लागि मार्ग प्रशस्त गरिदिएको जानकारी दिनुभयो ।
श्रेष्ठ २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्