९ महिनामा वन्यजन्तुको आक्रमणबाट १३ जनाको मृत्यु, २० जना सख्त घाइते

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको चैत्र महिनासम्ममा वन्यजन्तुको आक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने २० जना सख्त घाइते भएका छन । यस्तै आक्रमणमा परी १९ जना सामान्य घाइते भएको निकुञ्जले जनाएको छ ।
सबैभन्दा बढी मृत्यु बाघको आक्रमणबाट यो अवधिमा सबैभन्दा बढी मृत्यु बाघको आक्रमणबाट भएको छ । निकुञ्जका अनुसार बाघको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने एकजना घाइते र २ जना सामान्य घाइते भएका छन ।यस्तै चैत्र महिनासम्म हात्तीको आक्रमणबाट ३ जनाको मृत्यु ३ जनाको सख्त घाइते र ३ जना सामान्य घाइते भएका छन । यस्तै गैँडाको आक्रमणबाट २ को मृत्यु १२ जना सख्त घाइते र ६ जना सामान्य घाइते जङ्गली बँदेलको आक्रमणबाट १ जनाको मृत्यु, ३ जना सख्त घाइते र पांँचजना सामान्य घाइते र गौरी गाईको आक्रमणबाट एकजनाको मृत्यु भएको निकुञ्जले जानकारी दिएको छ । यस्तै भालुको आक्रमणबाट एकजना सख्त घाइते र तीनजना सामान्य घाइते , मगर गोहीको आक्रमणबाट एकजना सख्त घाइते भएका छन ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बाघ मांसहारी, हिंस्रक जनावर भएकोले यसको आक्रमणबाट बढी मानिसको मृत्यु हुने गरेको बताउनुभयो । ‘बाघ हिंस्रक , आक्रामक जनावर हो, आचार्यले भन्नुभयो , जङ्गलमा मानिसले घाँस काट्दा होस या निउरो टिप्दा होस , आफ्नो आहारा जस्तो देख्ने गर्दछ र आक्रमण गरी खाने गर्दछ ।’ अन्य जनावर मांसहारी जनावर नभएको र उनीहरूले आफूलाई असुरक्षित महसुस गर्ने हुनाले उनीहरूको आक्रमणबाट कम मृत्यु र घाइते हुने गरेको उहाँको भनाई छ । ‘गैँडा, हात्ती, गौरी गाईजस्ता जनावरले रिसले हान्ने, कुल्चने घचेट्ने गर्दछन् यसबाट मानिसको कमनै मृत्यु हुने गर्दछ । ’उनले भने । सबै घटना निकुञ्ज भित्र र मध्यवर्ती क्षेत्र भित्र हुने गरेको उहाँले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्