महोत्तरीमा वर्षासँगै आएको हावाहुरीमा परेर एक जनाको मृत्यु
महोत्तरी । महोत्तरीमा गएराती आएको वर्षासँगै आएको हावाहुरीमा परेर एक जनाको मृत्यु भएको छ ।
मङ्गलवार राति आएको हावाहुरीका कारण जस्तापाताले लागेर घाइते भएकी महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जलेश्वर नगरपालिका वडा नं. ८ रतवाराकी ४५ वर्षीया कुशन देवी मुखियाको उपचारको लागि अस्पताल लग्ने क्रममा बाटो मैँ मृत्यु भएको हो । गएराति हावाहुरी चलेपछि आफ्नै गोठमा भैँसी बाँध्ने क्रममा घरको छाप्रो माथिबाट जस्ता झर्दा उनको निधारमा गहिरो चोट लागेको थियो ।
चोट लागेर घाइते महिलाको उपचारको लागि जलेश्वर अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।







प्रतिक्रिया राख्नुहोस्