पाल्पामा नियमित टाइफाइड विरुद्धको खोप सञ्चालन हुने

पाल्पा । पाल्पामा अब नियमित रुपमा टाइफाइड विरुद्धको सञ्चालन हुने भएको छ ।
आज एक कार्यक्रमका बीच पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले नियमित टाइफाइड खोप कार्यक्रमको शुभारम्भ गर्नुभयो ।
प्रजिअ पन्तले खोप कार्यक्रममा धेरैभन्दा धेरै बालबालिकालाई खोप कार्यक्रममा समेट्नुपर्ने बताउनुभयो । उहाँले खोपले जिल्लामा टाइफाइड हटाउन ठूलो सहयोग गर्ने बताउनुभयो ।
टाइफाइड विरुद्धको खोप सरकारी स्वास्थ्य संस्थाबाट नियमित सञ्चालन हुने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
१५ महिनादेखि १५ बर्ष उमेर समूहका बालबालिकाहरूलाई टाइफाइड विरुद्धको खोप नियमित रुपमा दिइने छ ।
जिल्लामा हालसम्म ६ हजार ८ सय २७ जना बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाइसकेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्