हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । मनसुन गतिविधि सक्रिय भएसँगै काठमाडौँ उपत्यकालगायत गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।
मङ्गलवारदेखि मनसुन सक्रिय भएको र यसमा स्थानीय वायुको प्रभावसँगै विहारको न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा परिवर्तन आएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।
यो समयमा हावाहुरी, चट्याङसहित मेघ गर्जन र असिना पानीको सम्भावना रहको छ भने र मौसममा सुधार आउन अझै केही दिन लाग्ने पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्